यि हुन छोराबुहारी विदेश गएकाे मौकामा ४ वर्षिया नातिनी बलात्कार गर्ने हजुरबुबा

११ असार, ललितपुर । छोराबुहारी विदेश गएकाे मौकामा ४ वर्षिया नातिनी बलात्कार गर्ने हजुरबुबा पक्राउ परेका छन् । रक्सीको नसामा नातिनीलाई बलात्कार गर्ने ५१ वर्षे हजुरबालाई सातदोबाटो प्रहरीले ललितपुरको टिकाथलीबाट पक्राउ गरेको हाे ।
रौतहटकाे चन्द्र निगाहपुर–१ पौराही घर भई हाल टिकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका ५१ वर्षे हजुरबाले आफ्नै छोराको ४ वर्षे छोरीलाई बलात्कार गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
छोरा र बुहारी विदेश गएपछि आफ्नो संरक्षणमा रहेकी नातिनीलाई दाईसँग कोठामा सुतेको अवस्थामा उठाएर आफूसँगै लगेर अप्राकृतिक मैथुन र बलात्कार गरेको पीडित नावालिकाले आफ्नी फुपुलाई सुनाएपछि फुपुको जाहेरीको आधारमा प्रहरीले असार ९ गते हजुरबालाई पक्राउ गरेको हाे ।
पक्राउ परेका नाबलिकाको हजुरबुबामाथि जिल्ला अदालत ललितपुरबाट मंगलबार ५ दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडकको नाम सार्वजनिक गर्दा पीडित नातिनीको नाम पनि सार्वजनिक हुने हुँदा प्रहरीले दुबैको नाम गोप्य राखेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #बलात्कार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्