Techie IT
शुक्रबार, मंसीर २१,२०८१

वडा कार्यालयमा ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी र तोडफोड


जाजरकोट, २९ जेठ । जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी र तोडफोड गरेको छ ।

विप्लव समूहले मङ्गलबार राति करीब १२ बजे तिर वडा कार्यालयमा तोडफोड गरेर कागजात, फर्निचर तथा प्राविधिक सामाग्री जलाएको हो  ।  विप्लव समूहले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको छ ।

विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले आगजनीको जिम्मेवारी लिएका छन् । उनले पार्टीकै निर्देशनमा स्थानीय जनताले जलाएको बताएका छन् ।

विप्लवको समूहका कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए । उनीहरुले कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर कार्यालयका टेबुल १ थान, कुर्सी ३ थान, सोफा १ सेट, ल्यापटप १ थान र कम्प्यूटर १ थानमा तोडफोड र आगजनी गरेका थिए ।


क्याटेगोरी : विशेष
ट्याग : #विप्लव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Mist
6:39 am5:09 pm +0545