Techie IT
शनिबार, वैशाख ६,२०८२

त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आजदेखि


२२ वैशाख, काठमाडौँ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आजदेखि हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ ।

कूल २२० केभी क्षमताको सो प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको दाँयाबायाँ १५/१५ मिटर क्षेत्रभित्रको स्थानमा जान वा प्रवेश नगर्नसमेत प्राधिकरणले ध्यानाकर्षण गराएको छ । तोकिएको स्थानमा प्रवेश नगर्न नगराउन तथा कुनै विद्युतीय दुर्घटनाको जोखिममा नपर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।

चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यही वैशाख १७ गते विद्युत् उत्पादन नगर्ने गरी विद्युतीय उपकरणसहित अन्य संरचनाकोसमेत परीक्षण गरिएको थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #त्रिशूली थ्री ए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545