अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह
काठमाडौं, ७ वैशाख । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पुगेको छ ।
नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रूपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी ९क्युटेक०को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो ।
अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले भर्जिनियास्थित ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट भू–उपग्रह भएको यान प्रक्षेपण गरेको थियो ।
अब अन्तरिक्ष कक्षमा भूउपग्रहका पाटपुर्जाले काम गरे–नगरेको अन्तरिक्षयात्रीले परीक्षण गर्नेछन् । सफल परीक्षण भए करिब डेढ महिनाभित्र पृथ्वीको कक्षमा छाड्ने योजना रहेको नास्टका प्रवक्ता डा। सुरेश ढुंगेलले बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #नेपाली भूउपग्रह






तपाईको कमेन्ट लेख्नुहोस्