ग्लोबल नेप्लिज सेफ फेडेरेशनले २०७६ साललाई नेपाली खाना बर्षको रुपमा मनाउने
काठमाडौं, ३० चैत्र – ग्लोबल नेप्लिज सेफ फेडेरेशनले २०७६ साललाई नेपाली खाना बर्षका रुपमा मनाउने भएको छ । फेडेरेशनले २०७६ साल अवधीमा विविध कार्यक्रम गर्ने भन्दै कार्य तालिका सार्वजनिक गरेको छ ।
फेडेरेशनले युट्युव च्यानलमा नेपाली खाना सम्बन्धी शो, युवा सेफको लागि नेपाली खानाको च्यालेन्ज कप, पशुपति परिसरमा खिर बितरण, नेपाली कुलिनरी कप, फुड फेस्टिवल, बिश्व नेपाली सेफ सम्मेलन, विश्व किर्तिमानी नेपाली सुप, जापान ,यु के ,अस्ट्रेलिया ,फिनल्याण्ड ,अमेरिका कतार र दुबई मा नेपाली कल्चर सहित को फुड फेस्टिवल, विभिन्न जात जातीका खाना सम्बन्धी कार्यक्रम र सेफ ट्रेनिंङ संचालन गर्दै २०७६ साललाई नेपाली खाना बर्षको रुपमा मनाउने तयारी गरेको जानकारी ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारीले दिएका छन् ।
कार्यतालिका १। प्रत्यक महिना २ वटा युट्युव च्यानलमा नेपाली खाना सम्बन्धी शो २।अषाढ महिना युवा सेफको लागि नेपाली खानाको च्यालेन्ज कपको आयोजना ३। श्रावण १५ पशुपति परिसरमा खिर बितरण ४।भाद्र महिनामा नेपाली कुलिनरी कप साथै काठमाडौँमा फुड फेस्टिवल ५।
आश्विन महिना बिश्व नेपाली सेफ सम्मेलनको साथै विश्व किर्तिमानी नेपाली सुप ७००० लिटर ६। कार्तिक देखि माघसम्म विभिन्न देश (जापान ,यु के ,अस्ट्रेलिया ,फिनल्याण्ड ,अमेरिका कतार र दुबई मा नेपाली कल्चर सहित को फुड फेस्टिवल ७। विभिन्न जात जातीका संस्कृतिसंग मिलेर खाना सम्बन्धी कार्यक्रम ८। सेफ ट्रेनिंङ संचालन
क्याटेगोरी : विशेष
ट्याग : #नेप्लिज सेफ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्