Techie IT
आईतबार, चैत्र ९,२०८१

सरकारकै अनुमतिमा क्रिश्चियन धर्मको प्रचार


सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिश्चियन धर्मको प्रचार गरिरहेका छन् ।

राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ ।

समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई क्रिश्चियन धर्मको प्रचार गरिरहेका छन् ।

यसबारे लेखा समितिअन्तर्गतको उपसमितिले समाजकल्याण परिषद्, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित मन्त्रालयसँग जबाफ माग्ने भएको छ ।

ती संस्थाले करोडौं रुपैयाँ खर्च गरी धर्म प्रचार गरिरहेको दाबी उपसमितिको छ । ‘क्रिश्चियन धर्म प्रचार गर्न संस्थालाई कसरी अनुमति दिइएको छ ? अन्नपूर्ण पोष्ट दैनिकबाट


क्याटेगोरी : विशेष
ट्याग : #क्रिश्चियन धर्मको प्रचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545