सिन्धुपाल्चोकको जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट, चार जनाको मृत्यु
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनामा बम बिसफोट भएको छ । आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।
स्टोरमा सोमबार साँझ भएको बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए । उनका अनुसार ग्यास सिलिण्डर बिस्फोट भएर दुर्घटना भएको हुनसक्छ। यता स्थानीयका अनुसार ग्यास सिलिण्डर नभएर सुरूङ बिस्फोट गराउन राखिएको बिस्फोटक पदार्थ पड्किएको हुनेसक्ने बताएका छन्।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
क्याटेगोरी : विशेष
ट्याग : #बिस्फोट






तपाईको कमेन्ट लेख्नुहोस्