सिन्धुपाल्चोकको जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट, चार जनाको मृत्यु
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनामा बम बिसफोट भएको छ । आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।
स्टोरमा सोमबार साँझ भएको बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए । उनका अनुसार ग्यास सिलिण्डर बिस्फोट भएर दुर्घटना भएको हुनसक्छ। यता स्थानीयका अनुसार ग्यास सिलिण्डर नभएर सुरूङ बिस्फोट गराउन राखिएको बिस्फोटक पदार्थ पड्किएको हुनेसक्ने बताएका छन्।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
क्याटेगोरी : विशेष
ट्याग : #बिस्फोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्