एम्नेस्टीको पत्र गृहमन्त्रीलाई

एम्नेस्टी इन्टरनेशनल नेपालले गृह मन्त्रालयलाई आज महिला हिंसा अन्त्यका लागि ठोस उपायको माग राख्दै आज २३ हजार २४७ पत्रहरू बुझाएको छ । एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियासहितको समूहले महिला हिंसा अन्त्यका लागि ठोस उपायको माग राख्दै आज २३ हजार २४७ पत्रहरू गृह मन्त्रालयलाई बुझाएको हो ।
पत्रहरू एम्नेस्टी इन्टरनेशनल नेपालका सदस्य तथा समर्थकले एम्नेस्टी इन्टरनेशनलको सन् २०१८ को २९ नोभेम्बर देखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्र लेखन कार्यक्रम विश्वव्यापी पत्रलेखन अभियान अभियानका क्रममा सङ्कलन गरिएका थिए । पत्रमा सरकारसहितको परिवर्तित राजनीतिक सन्दर्भमा समेत नेपालमा बढ्दो महिला हिंसा र गहिरिँदै गइरहेको दण्डहीनताको डरलाग्दो अवस्थाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
गृहमन्त्रीलाई महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि शीघ्र प्रभावकारी कदम चाल्न, पीडकलाई कानूनी कारवाही गर्न र बलात्कारको घटनामा उजुरी गर्ने हालका एकवर्षे हदम्यादको प्रावधान हटाई कुनै पनि हदम्याद नराख्ने दिशामा कानून संशोधनको प्रक्रिया अघि बढाउन पनि आह्वान गरिएको छ ।
हरेक वर्ष नोभेम्बर÷डिसेम्बर महीनामा एम्नेस्टीले विश्वव्यापी पत्र लेखन अभियान सञ्चालन गर्दछ । यस अभियानका क्रममा एम्नेस्टीले विश्वव्यापी रूपमा आफ्ना समर्थक र सदस्यलाई अन्यायविरुद्ध आवाज उठाउने साहस गर्दा आफ्नो अधिकारको हनन भएर प्रताडित भएका व्यक्तिलाई ऐक्यबद्धताको सन्देश पठाउन अनुरोध गर्दै आएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #एम्नेस्टीको पत्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्