पत्रकारको भेलाले पर्यटन व्यवसायी उत्साहित
नेपालभरका झण्डै एक हजार ५०० पत्रकारको भेला पोखरामा हुँदै गर्दा यहाँका पर्यटन व्यवसायी भने निकै उत्साहित बनेका छन् ।
पत्रकार महासङ्घको केन्द्रीय साधारण एवं विधान अधिवेशनको फागुन ९ र १० मा पोखरामा हुँदैछ । सोही मञ्चबाटै गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ को घोषणा गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा हुनगइरहेको सो अधिवेशनमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्ष घोषणा गर्दै हुनुहन्छ ।
देशभरिका पत्रकारमाझ भ्रमण वर्ष घोषणाले सूचनाको प्रवाह एकैसाथ चारैतिर पुग्ने भएकाले पनि यो भेलाले पर्यटन व्यवसायीलाई निकै उत्साहित बनाएको बताउनुहुन्छ रेबान पोखराका अध्यक्ष भीमसेन भुजेल । भुजेल भन्नुहुन्छ, “यो साह्रै राम्रो अवसर हो, पोखराको सुन्दरता र यहाँको आतिथ्यतालाई देशभर चिनाउन, उहाँहरुको कार्यक्रमको सफलताको शुभकामना दिँदै पोखराका नलेखिएका थुप्रै कुरालाई खोजेर लेखेर पर्यटन प्रवद्र्धन गर्न आग्रह समेत गर्छु ।”
होटल एशोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चल अध्यक्ष विकल तुलाचन सरकारले आन्तरिक भ्रमण वर्षको घोषणाको तयारी गरिरहँदा देशभरिका पत्रकारको भेला पोखरामा हुनु निकै प्रशंंसनीय पक्ष रहेको बताउनुहुन्छ । “यो पर्यटकको ‘अफसिजन’ पनि हो । यो बेला पत्रकारको भेलाले यहाँको पर्यटनलाई थप टेवा पु¥याउने छ”, विकल भन्नुहुन्छ, “अर्को कुरा जब उहाँहरुले पोखराको बारेमा मात्रै सुन्नुभएको थियो । कति आउनु पनि भएको होला, सबैले पोखराको सुन्दर दृश्यलाई आँखामा राखेर कलममा शब्द बोकेर जानुहुनेछ । लोकप्रिय सञ्चारमाध्यममा पोखरा अझै छाउनेछ ।”
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया पर्यटनको प्रचारप्रसारमा सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले यो भेलाले पोखराको पर्यटनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुन्छ । “विशेषगरी ‘माइस टुरिज्म’ (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स, इभेन्ट) पर्यटनमा यी कुराले विशेष भूमिका खेल्छ । पत्रकारको यो भेलाले पनि माइस टुरिज्म प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहने हामीले विश्वास लिएका छाँै”, उहाँ भन्नुहुन्छ, “जब पोखरालाई हेर्नुहुन्छ, पढ्नुहुन्छ, अनि सशक्त माध्यमबाट समाचार, आलेख, विशेष रिपोर्ट प्रसारण गर्नुहुनेछ । यसलाई पैसामा रुपान्तरण गर्न नसकिने लाभको रुपमा हामीले लिएका छाँै ।”
‘राष्ट्रिय समृद्धिका लागि सञ्चारः गुणात्मक, व्यवसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ दुई दिन पोखरामा केन्द्रीय साधारणसभा र विधान अधिवेशन हुँदैछ । सोको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले यो अधिवेशनले सङ्घीय संरचनाअनुसार महासङ्घको संरचना पनि परिवर्तन हुनलागेको बताउँदै ऐतिहासिक हुने र यहाँको पर्यटनलाई पनि सँगसँंगै प्रवद्र्धन गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #पत्रकारको भेला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्