७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुँदै

काठमाडौं । नेपाली ईतिहासमा नै पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ,महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठाको आयोजनामा ७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुन लागेको हो । श्रीरामानन्दाचार्य सेवापीठ हनुमान मन्दिरको प्राङगण वराहक्षेत्र सुनसरीमा यहि आगामी २०७५ माघ २७ वसन्त पञ्चमीदेखि सूरुभई २०७५ फागुन ७ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ ।
महायज्ञको औंचित्यवारे जानाकारी दिन शुक्रवार राजधानीमा विशेष पत्रकार सम्मलेन गरिएको थियो । पत्रकार सम्मलेलनमा श्री श्री श्री १००८ श्री बैष्णव डा.कृष्णदास जी महाराजले हरित नेपाल,स्वस्थ नेपाल,स्वच्छ नेपाल,संमृद्ध नेपाल,स्वावलम्बि नेपाल सु-संस्कारी नेपालको लागि महायज्ञको आयोजना गर्न लागेको बताए । डा.कृष्णदास जी महाराजले राष्ट्र, राष्ट्रियता र आत्म, आत्मियतासहितको मानव समुदाय विकसित हुनुपर्ने धारणा राखे । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृति नेपालीहरुको पहिचान भएको बताउँदै उनले भने,‘हामी नेपालीहरुले आफूलाई चिन्न छोड्दैछौं, अरुको प्रगतिमा दास हुन जादैछौं, जुन कुरा नेपालीको लागि महाघातक छ, समयमै आफुभित्र नेपालीपन खोज्नुपर्छ ।’
सबैभन्दा पवित्र कर्म कृषि रहेको भन्दै डा.कृष्णदास महाराजले भने,‘नेपाल कृषिप्रधान देश हो । तर, हामीले ८० प्रतिशत अन्न किनेर खानुपर्ने स्थिति छ, हाम्रो जीवनशैली कृषि हो, कृषि पेशा छोडेर अन्यत्र जाने काम भईरहेको छ, कृषिजस्ता पवित्र कर्म अरु कुनै छैन्, कृषकलाई निरोगी बनाउँछ, अरुलाई पाल्न सक्ने पेशा यही कृषि हो, हामी हरित क्रान्तिमा जुटि रहेका छौं, हरित गृहमा बायुमण्डीलीय प्रभावलाई रोक्न र प्राकृतिक सम्पदाको अविवेकपूर्ण दोहनबाट जोगाउमा सबैले ध्यान दिनुपर्छ ।’
डा।कृष्णदास महाराजले जात, पात उच निचरहित जीवन जिउन मानव एक भएर बाँचौं भन्ने हिन्दुधर्मको मुल मन्त्र भएको भन्दै यसलाई कुनै व्यक्ति वा संस्थासँग जोड्न नमिल्ने बताए । त्यस्तै कार्यक्रममा जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले श्रीराम तारकब्रम्ह महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताए । नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ को लागि गत महाशिवरात्रीदेखीदेश विदेशमा रहेका १२०० साधक साधिकाहरुले कुल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन् ।’
जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तिवारीले भने,‘आगामी माघ २५ गते वृहत शोभायात्राबाट हुने यस महायज्ञ र नवनिर्मित अतिथिगृह समेतको उद्घाटन हुनेछ, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाम सुनसरी चतरामा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट हुनेछ।’ सिद्धबाबावाट दिक्षित साधक साधिकाहरुवाट करिव ८ करोडको आर्थिक सहयोगवाट सुविधायुक्त कुल १२६ कोठाको आवस गृह सम्पन्न भै सकेको छ । महायज्ञमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित दुई हजार पाँच सय अतिथिहरुको उपस्थिति रहनेछ ।
क्याटेगोरी : विशेष
ट्याग : #श्रीराम तारकब्रह्म महायज्ञ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्