ठमेलमा ‘न्यू इयर र र क्रिसमस डे’मा बिशेष साङ्गीतिक कार्यक्रमको तयारी
काठमाडौं । सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई साथ दिँदै राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा ‘क्रिशमस सेलिब्रेसन बिशेष कार्यक्रम’ हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा ठमेलस्थित छायाँ सेन्टरमा हुन लागेको क्रिशमस सेलिब्रेसनमा ख्याती प्राप्त कलाकारहरुको भब्य प्रस्तुति रहनेछ । भब्य तयारी भैरहकेको सो कार्यक्रमा नेपाली तथा बिदेशी पाहुनलाई मनोरञ्जन दिन मंगोलियन हार्टका राजु लामासँगै स्वदेशी तथा विदेशी सांगितिक ब्याण्ड तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

नेपाली मोर्डन संस्कृतिको जगेर्नाका लागि छायाँ सेन्टर, ओजि लाउन्जले सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम आयोजक दिनेश श्रेष्ठका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिनको लागि काठमाडौको मुटु ठमेलमा नयाँ वर्ष तथा क्रिसमसलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो ।
यही डिसेम्बर २४ अर्थात् पुस ९ गतेका दिन हुन लागेको कार्यक्रममा १८ सय देखि २ हजार स्वदेशी तथा विदेशी दर्शक आउने लक्ष्य आयोजकले लिएको छ । साथै टेबल सिटको अग्रिम बुकिङ पनि खुला भइसकेको छ । नयाँ बर्ष २०१९ का दिन पनि विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा दिपक ब्रज्राचार्यको बिशेष प्रस्तुति रहने छ भने अन्य कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने छन् । दिनेश श्रेष्ठकै आयोजना रहेको कार्यक्रलाई छाँया सेन्टर, ओजी लाउञ्ज, पोजेटिभ भाईबेस तथा नेपाल म्युजिकले सपोर्ट गर्ने भएका छन् ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्