कालिकाशरण स्कूलको शैक्षिक उन्नतीका लागी तिनपिप्लेमा सप्ताह हुने
पुकार तिमल्सिना
काठमाडौ । सामुदायीक बिधालयको शैक्षिक गुणस्तरका लागि समुदायको अगुवाइमा बृहत धार्मिक महोत्सव हुने भएको छ । सरकारबाट मात्रै निर्भर नभई सामुदायीक बिधालयलाई भैतिक एवं शैक्षिक रुपमा अब्वल बनाउन स्थानिय समुदायबाट बिभिन्न कार्यक्रम अबलम्बन गरेको पाइन्छ ।
पछिल्लो उदाहरण हो काठमाडौको तारकेश्वर नगरपालिका तिनपिप्लेमा अवस्थित कालिका शरण मा बि मा आयोजना हुन लागेको बृहत धार्मिक महोत्सव २०७५ । जुन यहि मंसीर २५ गते देखी पुष ३ गते सम्म सोही स्कुल परिसरमा हुने भएको छ ।
१०८ श्रीमद्भागवत राष्ट्र शान्ति महायज्ञको ७७ औ अनुष्ठानको बाचक बालतपस्वी पं उतम भट्ट महाराज बाट हुने आयोजकको भनाइ छ । सो महायज्ञमा प्रत्येक दिन सङ्गीतमय भजन , भागवत कथा , धन–धान्याञ्चल पर्व , पितृ मुक्ति , शालिग्राम पूजन अर्चना , ब्रतबन्ध तथा तुला दान, रुद्री , चौरासी पूजा आदि हुने धार्मिक महोत्सव समपादन समितिका प्रचार प्रमुख बासुदेब घिमिरेले बताए ।
मंसीर २५ गते कलश यात्रा शुरु हुने र सोही दिनको १ बजे कार्यक्रमको समुद्घाटन हुने र संकलित रकम कालिकाशरण स्कूलको शैक्षिक स्तर उन्नतीका लागी समपूर्ण रकम खर्च गरिने घिमिरेको भनाइ छ ।
धार्मिक महोत्सव समपादन समितिका संयोजक एवं कालिकाशरण मा.बि का प्रधानाध्यापक गोपाल प्रसाद गजुरेलले सप्ताहा मार्फत संकलित रकमले स्कूलको समग्र बिकाशमा अतुलनिय सहयोग भई बिधार्थीहरुको शैक्षिक गुणस्तरमा समेत सहयोय हुने बताए ।
बृहत धार्मिक महोत्सवमा सहभागी हुन नगर बासी एवं सम्पूर्ण महानुभावहरुमा धार्मिक महोत्सव समपादन समितिलेृ अनुरोध गरेको छ ।
कार्यक्रमको तालिका

क्याटेगोरी : विशेष
ट्याग : #तिनपिप्लेमा सप्ताह#कालिका शरण मा बि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्