ओली सरकारका पछिल्ला नियुक्ति : सही व्यक्ति सही जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई चुस्त, प्रभावकारी र गतीशील बनाउन नियुक्तिका केही प्रभाविला निर्णय गर्नुभएको छ । मन्त्रीपरिषद्ले भारतको राजदुतमा पूर्वमन्त्री निलाम्बर आचार्यलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख स्वकीय सचिवमा लामो समयदेखि आफ्ना प्रमुख सहयोगीको रुपमा रहेका इन्द्र भण्डारीलाई नै प्रमुख स्वकीय सचिवमा नियुक्ति गर्नुभएको छ । यस्तै प्रमुख विदेश मामिला सल्लाहकारमा राजन भट्टराईलाई नियुक्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय खेलकुद परिषदको सदस्यमा पिताम्बर तिम्सिना र इन्दिरा निरौलालाई नियुक्त गर्नुभएको छ । तिमल्सिना यसअघि राखेपका उपाध्यक्ष हुनुहुन्थ्यो । सरकारका निर्णयहरु तत्काल सार्वजनिक नगर्ने निर्णय भएको पनि प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी गराउनुभएको
छ ।
हिजो राती अवेरसम्म बसेको मन्त्रिपरिषद बैठकले डा भट्टराईलाई परराष्ट्र सल्लाहकार नियुक्त गरेको हो । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार हुनुहुन्थ्यो । पूर्वसांसद भट्रराई नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्यको जिम्मेवारी पनि सफलतापुर्वक सम्पन्न गर्नुभएको थियो । यसैगरी मन्त्रिपरिषद बैठकले नागरिक लगानी कोषको प्रमुख कार्यकारी अधिकृतमा रमन नेपाललाई नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त नेपाल कुसल ब्यवस्थापक हुनुहुन्छ ।
क्याटेगोरी : विशेष
ट्याग : #ओली सरकार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्