नेकपा निकट कर्मचारी सङ्गठनको नाम ‘राष्ट्रिय पेशागत महासंघ, नेपाल’ मा सहमत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कर्मचारी सङ्गठनको नाम ‘राष्ट्रिय पेशागत महासंघ, नेपाल’ रहने भएको छ ।
कर्मचारी सङ्गठनको एकताका लागि गठित कार्यदलले पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घबीच भएको एकतापछिको सङ्गठनको नाम तय गरेको नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष दयाराम बस्यालले जानकारी दिनुभयो ।
कार्यदलले पार्टी महासचिव विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनमा नेतृत्व वाहेक सबै विषयमा सहमति भइसकेको छ । महासङ्घको १११ जनाको केन्द्रीय सदस्य बनाउने प्रतिवेदनमा प्रस्ताव गरिएको छ । महासङ्घअन्तर्गत २५ मात्र राष्ट्रिय समिति बनाउने प्रस्ताव गरिएको छ । यसअघि कर्मचारी महासङ्घको १२ र पेशागत महासङ्घका २६ राष्ट्रिय समिति रहेका थिए ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्