नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना हुन्छ : प्रधानमन्त्रीओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताउनुभएको छ ।
सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ । उहाँले अब स्थापना हुने उद्योग प्रविधि मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनु पर्ने भन्दै त्यसका लागि वातावरण बनाउन उद्योगी र व्यवसायीलाई आग्रह गर्नुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्रीले केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा गर्न खोजेको आरोप लगाउनुभयो ।
निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आम जनतामा आत्मविश्वास बढाउनु र र आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम हो । जसले जनतामा आशावाद बढेर जान्छ ।”
देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । देशको जनसंख्यामा काम गर्न सक्नेको बाहुल्यता बढी रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नु पर्दछ ।” उहाँले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको विषय प्रचार गर्न उद्यमीलाई आग्रह गर्नुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्