सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
काठमान्डौँ । हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि श्रावण महिनाको महिमा विशेष छ । यस विशेष महिनामा नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने हाम्रो परम्परा रहदै आएको छ । यहि पावन महिनाको अवसरमा सातदोवाटो स्थीत चक्रपथबाट नजिकै सत्यश्वर महादेवको मन्दिरमा श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ सञ्चालन गरिएको छ । यहि श्रावण १४ गते देखि सुरु भएको महायज्ञ २४ गते समापन गरिने छ ।
समस्थ हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरुलाई श्रावण महिनाको महिमा र नीलकण्ठ शिवजीको पुजा आराधना र कथा वाचन गरेर सुनाउनु यस यज्ञको उद्येश्य रहेको श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ सञ्चालक समितिका संयोजक पुर्शोत्तम कार्किले बताउनु भयो । शिव पुराण सबै पुराणको पनि सर्वपुराण भएको हुदा यसको सबैभन्दा महत्व रहेको प्रमुख वाचक प। ज्यो। रविन्द्र पराजुलीले बताउनु भयो ।

यस शिवपुराणमा पाठ वाचनका साथै शिव भगवानका कथाहरु सुनाउदै आएको पराजुलीले जानकारी दिनुभयो । श्रामण महिनामा शिवपुराण श्रवण गरि पुण्य लिन भक्तजनहरुलाई प। ज्यो। डा। रुद्रनाथ अधिकारीले आग्रह गर्नुभयो । एघार दिन सम्म सञ्चालनमा रहने यस यज्ञको आज पाचौ दिन सम्म दर्शनार्थी भक्तजनहरु आउने क्रम बढिरहेको सञ्चालक समितिका कोषाध्यक्ष विश्णु घिमिरेले बताउनु भयो ।
यस मन्दिरमा शिवपुराण श्रवण गर्न आउने सबै भक्तजनहरुको लागि बस्न, प्रसादि ग्रहण गर्ने लगायतका सम्पुर्ण व्यवस्थापन गरिएको सञ्चालक समितिका सचिव स्याम राउतले जानकारी दिनुभयो । आगामि सोमवार शिवको कथामा आधारीत कथा र झाकि पनि प्रस्तुत गर्ने योजना रहेको सञ्चालक समितिका संयोजक पुर्शोत्तम कार्किले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #सत्यश्वर महादेव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्