बचेको खोप पत्रकार र कुटनीतिक नियोगलाई
कोभिड १९
काठमाडौँ २४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा बचेको खोप कोभिड १९ विरुद्धको खोप भोलिबाट लगाउन सुरु गर्ने भएको छ । जसका लागि पत्रकार, कुटनीतिक नियोगमा काम गर्नेहरूलाई प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमान्डौँको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा खोप लगाइने छ ।
मन्त्रालयको स्रोतका अनुसार सिभिल अस्पतालमा पत्रकार, पाटन अस्पतालमा युनएन एजेन्सीका कर्मचारी र तिनका परिवारलाई खोप लगाइने छ । त्यस्तै, टिचिङ र गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउने सरकारको योजना छ । पत्रकारले खोप लगाउन सूचना विभागको प्रेस पास देखाउनु पर्नेछ ।
पहिलो चरणको खोप शनिबार समापन भएको थियो । भारत सरकारले उपलब्ध गराएको खोप पहिलो चरणमा देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका थिए ।
क्याटेगोरी : विशेष, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्