Techie IT
शनिबार, भदौ २२,२०८१

२३ गते हुने शक्ति प्रदर्शनको तयारी स्वरूप इतिहासकै सबैभन्दा ठुलो मोटरसाइकल र्‍याली (तस्विरसहित)


काठमाडौं, माघ २१

युवा नेता महेश बस्नेतको नेतृत्वमा आज राजधानीमा मोटरसाइकल र्याली सुरु भएको छ । राजधानीको भक्तपुरबाट सुरु भएको र्याली काठमाडौं, ललितपुर हुँदै काठमाडौं तिनकुनेमा समापन हुनेछ । युवा नेता बस्नेतले गरेको मोटरसाइकल र्‍यालीमा १० हजारबढी मोटरसाइकलसहित युवाहरुले सहभागिता जनाएका छन ।

प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारी स्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको हो ।

मध्यान्ह् १२ बजे बालकुमारीबाट शुरु भएको र्‍याली सातदोबाटो–लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–एनएसी–जमलचोक–दरबारमार्ग–नारायणहिटी–जयनेपाल हल–कमलपोखरी–रातो पुल–गौशाला–एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत गर्ने युवा नेता बस्नेतले बताउनुभयो ।


क्याटेगोरी : विशेष
ट्याग : #मोटरसाइकल र्‍याली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Partly Cloudy
5:44 am6:18 pm +0545