चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
चितवन । नेपाल प्रहरीका (प्रहरी महानिरीक्षक) शैलेश थापा क्षेत्रीले आर्थिक अनियमितता गर्ने जोकोही भए पनि त्यस्ता प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा नछाड्ने बताइरहदा संगठनमा भने घुुुस लिने परम्पराले अझै पनि निरन्तरता पाइरहेको छ ।
गत, पौष २१ गते रातोमाटे चेकपोस्टबाट दुइ जना प्रहरी हवल्दार सहित एक जना प्रहरी जवान नगद पाँच सय रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेको १५ दिन नबित्दै चितवनमा तीन जना प्रहरी २ हजार १५० रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी हवल्दार लोक बहादुर धर्ती मगर, महिला प्रहरी जवान जमुना खड्का र वर्डा प्रहरी कार्यालय नारायणगढमा कायारर्त प्रहरी जवान पुर्ण रस्मी मगर रहेका छन् । उनीहरुलाइ रातभर हिरासतमा राखी आज बिहान मात्रै छाडिएको छ ।

घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै, केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचै जनालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक (प्रवक्ता) मिरा चाैधरीले बताइन् ।

यता, चितवन जिल्लामा पछिल्लो समय घुसको अखडाले निरन्तरता पाउँदै गएको छ । चितवनको प्रहरी प्रमुखको नेतृत्व असक्ष्म्ताका कारणले नै घुस आतंकले निरन्तरता पाउदै गएको हो । केही दिन अगाडि मात्रै जिल्ला प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङका बिश्वासपात्र तीन जना घुमुवा प्रहरी हेड्क्वाटर नै तानिए । उनीहरुमाथी अहिले छानबिन प्रक्रिया चलिरहेको छ ।
अनुसन्धानको सिलसिलामा रहेको टोलीलाइ गृहको आदेशले हेड्क्वाटर तानेर छानबिन थालेको हो । हिजो मंगलबार पुनः एकैपटक तीन जना प्रहरी घुस सहित प्रदेशको फन्दामा पर्नुले पनि चितवनमा पुलिसिङ्को अवस्था कस्तो छ र जिल्लाको नेतृत्वले कसरी आफ्नु जिम्मेवारी सम्हालिरहेका छन् भने यस्ले थप पुष्टि गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष
ट्याग : #breaking, #चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्