रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार सामाजिक सञ्चालमार्फत उनले यसबारे जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमा उनले आफ्नै लापार्वाहीले संक्रमण भएको हुन सक्ने औंल्याएका छन् ।
उनले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्
गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ ।
हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’
क्याटेगोरी : विशेष
ट्याग : #रवि लामिछाने र उनकी पत्नी निकिता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्