Techie IT
आईतबार, माघ १३,२०८१

टोखामा कोरोना संक्रमण बाट हाल सम्म ६ जनाको मृत्यु


टोखा नगरपालिकामा शनिवार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने १ को मृत्यु भएको छ ।

टोखा नगर स्वास्थ्य शाखाको दैनिक अपडेट अनुसार शनिवार संक्रमण पुष्टिभएका संक्रमितमध्ये वडा नं २ मा २ जना, ३ मा ८ , ४ मा ७ , ५ मा ३, ६ मा ५, ७ मा ७, ८ मा ८, ९ मा , १० मा ६, ११ मा ९ र अन्य १९ जना रहेका छन् । त्यस्तै शनिवार वडा नं ७ का ८२ वर्षीय एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने ती महिला दिर्घ रोगका बिरामी भएको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छन् ।

उनी सहित टोखा नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।


क्याटेगोरी : विशेष
ट्याग : #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
6:51 am5:40 pm +0545