टोखामा मनोरथ तिर्थ जोड्ने पक्की पुल निर्माण सम्पन्न ,मेयर अधिकारीले गरे उद्घाटन
![](https://www.sajhapana.com/wp-content/uploads/2020/08/Tokha-pul-2.jpg)
शालिकराम लामिछाने
काठमाडौं । टोखा नगरपालिकाको वडा नं. ८ र ११ जोड्ने मनोरथ तिर्थ स्थलमा रहेको पक्की पुल उद्घाटन भएको छ । आज बिहान टोखा नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरुको सहभागितामा पुल उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त पुलको टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले उद्घाटन गरेका हुन।
छोटो समयमै टोखा नगरपालिकाको ठूलो र गौरव योजनाको रुपमा तयार भएको पुलमा अव यातायातका साधन चलाउन सकिनेछ । २०७६ असार ७ गते शिलान्यास भई २०७७ असार २३ अगाडी नै पुल निर्माण सम्पन्न भएको थियो । कोरोना महामारीको संकटमा पनि पुल निर्माणकार्यले तिव्रता स्वरूप सम्पन्न गरेको छ ।
३ करोड २३ लाख ३६ हजार ६७२ रुपैयाको लागतमा निर्माण गरिएको सो पुलको उदघाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल ,प्रमुख प्रशाशकिय अधिकृत प्रदिप पौडेल सहित जनप्रतिनिधि तथा स्थानीय संघ संस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।
यस कार्यलाई समयमै सम्पन्न गर्ने ANS/K.M./JBNS-JV कम्पनीलाई नगर प्रमुख प्रकाश अधिकारीले धन्यवाद प्रकट गरेका छन् । पुल निर्माणको लागि टोखा नगरपालिकाले २०७६ जेठ ३० गते ANS/K.M./JBNS-JV कम्पनीसँग भ्याटसहित रु. ३,२३,३६,६७२.८९ /- रकमको योजनामा पक्की पुल निर्माण गरिएको छ । १५ मिटर लम्वाई, ७ मिटर चौडाई भएको पक्की पुल निर्माण भई सञ्चालनमा आएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #टोखामा मनोरथ तिर्थ जोड्ने पक्की पुल
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्