बन्दाबन्दीको उपयोग : ‘माक्र्सवादी अनलाइन स्कूल’
कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा सूचना प्रविधिको उपयोग गरी युवा पुस्ताबीच मुलुकको समृद्धि र समाजवादोन्मुख वैचारिक विमर्श सञ्चालन गरिएको छ । ‘लोकपाटी मिडिया प्रालि’ले सञ्चालन गरेको ‘माक्र्सवादी अनलाइन स्कूल’ मा दर्शनशास्त्र– ८ दिन, राजनीतिक अर्थशास्त्र– ७ दिन, वैज्ञानिक समाजवाद– ७ दिन, इतिहास– ४ दिन, विज्ञान–प्रविधि– २ दिन, समाजवादी पठन संस्कृति– १ दिन, परीक्षा, कार्यक्रम र समीक्षा– ६ दिन गरी हालसम्म ३५ दिन सञ्चालन भएको छ ।
प्रालिका अध्यक्ष एवं प्रशिक्षक मनहरि तिमिल्सनाका अनुसार पहिलो र दोस्रो चरणमा गरी एक हजार ६०० ले सहभागी हुन चाहेकामा २५० लाई छनोट गरी दैनिक तीन घण्टासम्म कक्षा सञ्चालन भएको छ । ती कार्यक्रममा गोपीरमण उपाध्याय, रामराज रेग्मी, डा विजयकुमार पौडेल, डा.दिनेशचन्द्र देवकोटा, रामद्वीप आचार्य, लेखनाथ न्यौपाने, डा विष्णु धिताल, प्रा डा शोभाकान्त लामिछानेलगायतले प्रशिक्षण दिनुभएको थियो ।
पहिलो र दोस्रो चरणको समापनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासहित वैचारिक विषयमा दख्खल राख्ने वक्तालाई पनि आमन्त्रण गरिएको थियो ।
दोस्रो चरणको प्रशिक्षणको समापनमा यही असार ३ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ ले भर्चुअल मन्तव्य दिँदै विचारधात्मक बहस र अनुसन्धानको खडेरी परेको तथा उपभोक्तावदी आत्मकेन्द्रित प्रवृत्ति हावी भएको समयमा यस्ता कार्यक्रमले आदर्श र जनताप्रतिको दायित्वलाई जागृत गर्न योगदान मिल्ने बताउनुभएको थियो ।
प्रशिक्षणका क्रममा १८ बुँदे आचारसंहिता जारी भएको, दुवै चरणमा परीक्षा लिइएको र तेस्रो चरणमा ४२ जना सहभागी गराई प्रशिक्षक प्रशिक्षण पनि सञ्चालन हुन थालेको तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले नेकपाको केन्द्रीय स्कूल विभागलाई सक्रिय तुल्याउन सकारात्मक दबाब दिँदै नयाँ पुस्तालाई माक्र्सवादी विज्ञानसँग जोड्न लागि कार्यक्रम सञ्चालन गरिएको जनाउनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #breaking, #माक्र्सवादी अनलाइन स्कूल’
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्