मन्त्री लेखराज भट्टको विशेष पहल र हयुम्यानिटी फाउन्डेसनको सहयोगमा डडेल्धुरा अस्पताललाई पिसीआर मेसिन हस्तान्तरण
ह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ। फाउन्डेसनले कोरोना परीक्षण गर्ने पिसीआर मेसिन आइतबार डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको हो। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको विशेष पहलमा हयुम्यानिटी पाउण्डेसनकको सहयोगमा १ थान पिसिआर मेसिन सहित विभिन्न स्वास्थ्य उपकरण लिएर मन्त्री लेखराज भट्टका प्रमुख स्वकीय सचिव हितेस ओझा डडेल्धुरा पुगरे आजै हस्तान्तरण गरेका छन ।
फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक दिउँसो अत्तरिया पुगेको थियो। र, त्यहाँबाट उक्त मेसिन बुझेर डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझा डडेल्धुरातर्फ लागेका छन्। उनले मेसिन जडान गर्ने प्राविधिक पनि सँगै आएकाले भोलीबाटै जडानको काम सुरु गर्ने बताए। ‘भोलीबाटै पिसीआर मेसिन जडानको काम गर्छौ’ उनले भने, ‘अबको एक हप्ताभित्रै काम सकेर मेसिन सुचारु हुन्छ।’

मेसिन अस्पताललाई हस्तान्तरण गरेको ह्युम्यानिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए। पिसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको उनले बताए।
क्याटेगोरी : विशेष
ट्याग : #डडेल्धुरा अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्