रास्वपा नुवाकोट–२ मा बागमती प्रदेश सभापति अच्युतम लामिछाने उम्मेदवार
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि बागमती प्रदेश सभापति अच्युतम लामिछानेलाई उम्मेदवारको टिकट प्रदान गरेको छ। पार्टी केन्द्रको निर्णयअनुसार लामिछानेलाई टिकट दिइएको रास्वपा स्रोतले जनाएको छ।
पार्टीले उम्मेदवार छनोट गर्दा पदाधिकारी, प्रदेश सभापति, पूर्वसांसद तथा संगठन निर्माणमा सक्रिय र अनुभवी नेताहरूलाई प्राथमिकता दिने नीति लिएको थियो। सोही नीतिअनुसार बागमती प्रदेशका निर्वाचित सभापति समेत रहेका लामिछानेलाई उम्मेदवार बनाइएको बताइएको छ। उनी स्वयं उम्मेदवार बन्न इच्छुक भएपछि केन्द्रले उनको नाम अनुमोदन गरेको पार्टी नेताहरूले जनाएका छन्।
लामिछाने तीन वर्षअघि सम्पन्न बागमती प्रदेश कमिटीको निर्वाचनबाट सभापतिमा निर्वाचित भएका थिए। उक्त निर्वाचनमा खसेको कुल २७९ मतमध्ये उनले १५४ मत प्राप्त गरी दिपक विकलाई ३१ मतको अन्तरले पराजित गरेका थिए। विकले १२३ मत पाएका थिए। संगठन निर्माण र विस्तारमा सक्रिय भूमिका खेलेका लामिछाने पार्टीभित्र बौद्धिक र अध्ययनशील नेताका रूपमा परिचित छन्।
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाको संगठन तुलनात्मक रूपमा बलियो रहेको र स्विङ मत ‘घन्टी’ चिन्हतर्फ आकर्षित हुने सम्भावना देखिएकाले लामिछानेको जितको सम्भावना राम्रो रहेको पार्टी नेताहरूको दाबी छ। यस क्षेत्रमा विदुर र बेलकोटगढी नगरपालिका पर्दछन्। पार्टी कमिटीका अधिकांश नेताहरूको समर्थन र केन्द्रको विश्वासका कारण उनले टिकट पाएको बताइएको छ।
यसैबीच, सोही क्षेत्रबाट टिकटको दाबेदारी गरेका व्यवसायी सुमन विक्रम पाण्डे टिकट पाउन असफल भएका छन्। टिकट नपाएपछि उनी असन्तुष्ट रहेको जनाइएको छ।
उता, नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा भने रास्वपाबाट प्रधुम्न महत क्षेत्रीले टिकट पाएका छन्। क्षेत्री अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट पार्टीका उम्मेदवार बनेका थिए।
क्याटेगोरी : राजनीति
ट्याग : #बागमती प्रदेश सभापति अच्युतम लामिछानेउम्मेदवार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्