विद्यार्थी नेताद्धारा राहत वितरण
काठमाडौं, १७ बैशाख । अनेरास्ववियूले बन्दाबन्दी (लकडाउन)मा समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण गरेको छ ।
अनेरास्ववियूका नेता सुदेश पराजुलीले लकडाउनमा घर जान नपाएका विद्यार्थीलाई घरमै पुगेर राहत दिएको बताएका छन् । उनले अहिलेसम्म २ सय भन्दा बढी विद्यार्थीलाई राहत वितरण गरेको बताए ।
कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिमसँगै सरकारद्धारा चैत ११ गतेदेखि जारी लकडाउनको कारण समस्यामा परेका काठमाडौंका विभिन्न ठाउँहरुमा रहेको विद्यार्थीहरुलाई राहत वितरण गरेको हो ।
उनीहरुले स्वयम्भू, बबरमहल, कीर्तिपुर, कालोपुल, रातोपुल, डिल्लिबजार, चुच्चेपाटी, बानेश्वरमा पुगेर राहत सामाग्री वितरण गरेको अनेरास्ववियूका नेता सुदेश पराजुली जानकारी दिए ।
यसैगरी अर्का नेता नारायण घर्तीले पनि समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म एक हजार भन्दा बढी अखिलका तर्फबाट राहत वितरण गरिएको छ । समस्या परेका विद्यार्थीलाई अहिले पनि राहत वितरण गरिएको जनाए । अखिलले १५ केजी चामल। दुई केजी दाल र एक लिटर तेल उपलब्ध गराउदै आएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राहत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्