चरम विवादमा फसेको अनेरास्ववियुको पत्रकार सम्मेलनलाई नेपाल र प्रचण्ड पक्षधरको बहिस्कार

चरम विवादमा फसेको अनेरास्ववियुको बिहिबार आयोजित पत्रकार सम्मेलनलाई नेपाल र प्रचण्ड पक्षधरका नेताहरुले बहिस्कार गरेका हुन् ।
संयोजक ऐन महरले एक लौटी कार्यकर्ता भेला आयोजना गरेपछि माधव नेपाल र प्रचण्ड पक्षधर विद्यार्थी नेताहरुले बहिस्कार गरेका हुन् ।
एकिकृत संगठनको संयोजक बने लगत्तै महरले माधव नेपाल र प्रचण्ड समूहलाई बाईपास गरेपछि अनेरास्ववियुको विवाद सतहमै आएको हो ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको जोडबलमा मापदण्डै मिचेर महरलाई एकिकृत अनेरास्ववियूको अध्यक्ष बनाईएको थियो ।
प्रचण्ड निकट सह संयोजक रञ्जीत तामाङ विदेशमा छन भने सुरेन्द्र बस्नेत र उत्तम अधिकारीले पत्रकार सम्मेलन बहिस्कार गरे । त्यस्तै, माधव नेपाल पक्षधर सुदेश पराजुली लगायत पनि पत्रकार सम्मेलनमा गएनन् ।
एमाले अखिल अध्यक्ष नविना लामा र माओवादी अखिल अध्यक्ष रञ्जित तामाङलाई बाइपास गरेर एमाले अखिलका महासचिव महरलाई संयोजक बनाएर तामाङलाई सह संयोजक बनाईएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #अनेरास्ववियु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्