चरम विवादमा फसेको अनेरास्ववियुको पत्रकार सम्मेलनलाई नेपाल र प्रचण्ड पक्षधरको बहिस्कार
चरम विवादमा फसेको अनेरास्ववियुको बिहिबार आयोजित पत्रकार सम्मेलनलाई नेपाल र प्रचण्ड पक्षधरका नेताहरुले बहिस्कार गरेका हुन् ।
संयोजक ऐन महरले एक लौटी कार्यकर्ता भेला आयोजना गरेपछि माधव नेपाल र प्रचण्ड पक्षधर विद्यार्थी नेताहरुले बहिस्कार गरेका हुन् ।
एकिकृत संगठनको संयोजक बने लगत्तै महरले माधव नेपाल र प्रचण्ड समूहलाई बाईपास गरेपछि अनेरास्ववियुको विवाद सतहमै आएको हो ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको जोडबलमा मापदण्डै मिचेर महरलाई एकिकृत अनेरास्ववियूको अध्यक्ष बनाईएको थियो ।
प्रचण्ड निकट सह संयोजक रञ्जीत तामाङ विदेशमा छन भने सुरेन्द्र बस्नेत र उत्तम अधिकारीले पत्रकार सम्मेलन बहिस्कार गरे । त्यस्तै, माधव नेपाल पक्षधर सुदेश पराजुली लगायत पनि पत्रकार सम्मेलनमा गएनन् ।
एमाले अखिल अध्यक्ष नविना लामा र माओवादी अखिल अध्यक्ष रञ्जित तामाङलाई बाइपास गरेर एमाले अखिलका महासचिव महरलाई संयोजक बनाएर तामाङलाई सह संयोजक बनाईएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #अनेरास्ववियु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्