निर्वाचनको परिणामप्रति ओलीको टिप्पणी: सरकार बनाउनै गाह्रो, बनाए पनि टिकाउन गाह्रो
झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको रक्षा, देशको विकास र समृद्धिबारे आम मतदातालाई गम्भीर बनाउन नसक्दा देशका लागि प्रतिकुल परिणाम आएको बताएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिभि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणामलाई लिएर ओलीले देशलाई कुन बाटो दिने, कस्तो देश बनाउने भन्ने कुरामा मतदाता गम्भीर र स्पष्ट नभएको पाइएको बताएका हुन् ।
झापा–५ मा ओलीले आज निर्वाचित भएको प्रमणपत्र ग्रहण गर्दै भने, ‘मतदानको परिणामले मतदातामा त्यो गम्भीरता नरहेको हो कि भन्ने देखिएको छ । यसमा हामी राजनीतिक पार्टीले जनतामा राम्रोसँग शिक्षा पुर्याउन नसकेको हो कि, अथवा जनताको मनोभावना वा समस्याहरू उपयुक्त ढङ्गबाट सम्बोधन गर्न नसकेको हो कि । जसले गर्दा जनतामा फेरि पनि अलिकति बहकाव, अलिकित उदासिनता जस्ता कुराहरू पनि देखिएका छन् । जसलाई आगामी दिनमा हामीले घटाउँदै जानुपर्छ ।’
युवाहरूमा राजनीतिक वितृष्णा र घृणाभाव नरहेको पुष्टि
ओलीले यो चुनावबाट युवाहरूमा राजनीतिक वितृष्णा र घृणाभाव नरहेको पुष्टि भएको बताएका छन् । युवा उम्मेदवारहरूको उत्साहजनक उम्मेदवारी र विजयीको श्रृङ्खलाबारे चर्चा गर्दै ओलीले भने, ‘नेपालमा निर्वाचनप्रति जनताको आकर्षण छैन, सिद्धियो भन्ने थियो । त्यो कुरा चाहिँ युवाहरूको उम्मेदवारकै पंक्ति देख्दा त्यो कुरा होइन रहेछ, युवाहरूमा राजनीतिप्रति आकर्षण छ भन्ने कुरा यसपटक देखिएको छ ।’
उनले राजनीतिकलाई फोहोरी खेलका रूपमा चित्रण गर्ने प्रवृत्तिका कारण युवाहरू त्यस खालको मनोभावना बढेको भए पनि यो चुनावले त्यसलाई खण्डन गरेको बताएका छन् ।
‘खाली राष्ट्रिय राजनीतिमा हामीले खेलवाडको रूपमा लिने होइन । राजनीति र निर्वाचन भनेको राजनीतिलाई लोकतान्त्रिक बनाउने र जीवन्त राख्ने आवधिक निर्वाचन हो,’ ओलीले भने, ‘यो आवधिक निर्वाचनलाई एउटा रमाइलोका रूपमा होइन, देशलाई कुन बाटो दिने, कस्तो देश बनाउने त्यस कुरामा गम्भीर भएर सोच्ने, गम्भीर भएर उम्मेदवार उठ्ने/उठाउने र मतदान गर्ने कुरा हो । ताकि एउटा मतले देशको भविष्य निर्धारण गर्छ भन्ने कुरा स्पष्ट हुन्छ । त्यो तय गर्छ एउटा मतले । किनभने सरकार बनाउने वा नबनाउने त्यसैमा निर्भर रहन्छ । आवधिक निर्वाचनलाई हामी सबैले त्यसै अनुरूप लिनुपर्दछ ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्