सत्ताका लागि गठबन्धनले देशपनि बेच्छन् : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन सत्ता स्वार्थका लागि देश पनि बेच्न तयार रहेको आरोप लगाएका छन् । सत्ताका लागि अंश अंश गरेर देश बेच्न गठबन्धन तयार रहेको उनको भनाई छ ।
‘सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन् । यिनीहरूको कुरा किन गर्ने रु,’ तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,‘सिङ्गै देश ढ्वाक्कै लगेर भण्डा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन् ।’
हिस्सा, अंश, हित र स्वाभिमान अंश अंश बेच्दा एक दिन देश नै बेचिसक्ने अध्यक्ष ओलीले बताए । उनले भने,‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन् । स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन् । सार्वभौमसत्ता बेच्छन् । अंश अंश गरेर बेच्छन् ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #नेकपा एमाले, #सत्ताका लागि गठबन्धनले देशपनि बेच्छन् : अध्यक्ष ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्