सङ्खुवासभामा गठबन्धनको उम्मेदवार विजयी हुने दावी
यास/काठमाडौ – नेपाली काँग्रेस सङ्खुवासभा जिल्ला सभापति दिपक खड्काले मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धन दलहरूले विजय हासिल गर्ने बताउनु भयो । काठमाडौमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति खड्काले प्रतिगमनकारी शक्तिलाई हराउन सङ्खुवासभाली जनता आतुर रहेकाले गठवन्धनको जीत सुनिश्चित रहेको बताउनुभएको छ।
गठबन्धनबाट जो उम्मेदवार भएपनि जिल्लाको विकास र परिवर्तनकालागि जित सबै एकतावद्द भइ प्रतिगमनकारीलाइ परास्त गर्नुपर्नेमा खड्काले जोड दिनुभयो। कार्यक्रम नेपाली काँग्रेस, सङ्खुवासभा र सङ्खुवासभा काठमाडौ सम्पर्क समितिले सङ्खुवासभालीसग चाडवाडको अवसर पारेर एकआपसमा शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको हो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले गठबन्धनमा रहेका दल इमान्दार भएर चुनावमा सहभागी हुनुपर्ने बताउनु भयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले दल भित्र लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्ने परिपाटी गम्भीर ढंगबाट लिनुपर्ने समय आएको बताउदै उम्मेदवार बनाउदा गुटबन्दी नगर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा काँग्रेस प्रदेश उपसभापति टंक प्रसाद राई, पूर्व जिल्ला सभापति दिपनकुमार श्रेष्ठ र जनक थापा, नेकपा माओवादीका जिल्ला अध्यक्ष टेकमान राई, पूर्व सांसद विना पौडेल, डा गुप्त बहादुर श्रेष्ठ, क्याप्टेन दधिराम निरौला, पुर्वप्रशासक शारदाप्रसाद त्रिताल लगायत सङ्खुवासभाका लव्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : #hot, #दिपक खड्का, #नेकपा ( माओवादी केन्द्र, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्