माओवादी पोलिटव्युरो सदस्य भण्डारीसहित धनकुटाका नेताहरूले दिए सामूहिक राजीनामा
काठमाडौँ । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।
माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको जनाउनुभएको छ ।
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिटब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लाका नेताले सामूहिक राजीनामा दिनुभएको हो ।
नेता भण्डारीले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने र उहाँको उम्मेदवारीलाई सघाउने जिल्ला संयोजक राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको धनकुटाबाट गठबन्धनका तर्फबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दाबी गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #माओवादी पोलिटव्युरो सदस्य भण्डारीसहित धनकुटाका नेताहरूको सामूहिक राजीनामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्