धान दिवसमा किसानलाई रासायनिक मल माग्दै कृषि मन्त्रालयमा: कांग्रेस नेता पौडेल
काठमाडौं । सत्ता संचालक हुन या प्रायः सबै नेता सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै असार १५ को शुभकामना दिन ब्यस्त हुँदा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राष्ट्रिय धान दिवसको अवसरमा कृषकले मल नपाएको सम्स्या लिएर सरकारको ध्यानाकर्षण गराउदै तत्काल मल उपलब्ध गराउने माग सहित कृषिमन्त्री भेट्न सिंहदरबार पुगेका छन्।
कृषिप्रधान देशमा मध्य असार लाग्दा ‘मानो रोपेर मुरी फलाउने’ समयमा पनि मलखाद पाउन नसकेको कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रहसहित काङ्ग्रेस नेता प्रदिप पौडेलको नेतृत्वमा ने.बि.संघका निबर्तमान महामन्त्री बलदेव तिमल्सिना,पुर्ब के.स.सुशील भट्ट,काङ्ग्रेस नेताहरू कृष्ण पौडेल,भागवत रेग्मी, लगाएत नेताहरू धान दिवसका दिन कृषिमन्त्री महिन्द्र राय यादव भेट्न सिंहदरबार पुगेका हुन्। ‘आज धान दिवस भनेर सबैले शुभकामना व्यक्त गर्नुभयो। मौखिक शुभकामनाले किसानल राहत पाउने, मल पाउने सम्भावना हुँदैन।
किसानको मुख्य समस्या भनेको मलको अभाव हो,’ मन्त्रीसँगको भेटपछि पौडेलले भने, ‘अहिले किसानले मल नपाएको स्थिति छ। यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ। यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ।’ नेता पौडेलले राज्यका नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मलखाद नपाउने कुरा स्वाभाविक नभएकोसमेत बताए। ‘राज्यका नागरिकका लागि किसानले दुःख गरिरहेको छ। किसानले गर्ने उत्पादन बढाउन राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको हो,’ पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि त्यो गर्नुपर्ने हुन्छ।

किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन।’ उनले किसानलाई अगामी दिनमा यस्तो समस्या हुँदैन भन्ने प्रतिवद्धता सरकारबाट दिलाउन खोजेको पनि बताए। ध्यानाकर्षणकै क्रममा ने.बि.संघका निबर्तमान महामन्त्री बलदेव तिमल्सिनाले किसानहरुले मलको अभावमा चरम समस्या झेल्न बाध्य हुदा समेत यो बिषय राज्यको प्राथमिकतामा नदेखिएको भान भएको भन्दै तातोपानी भन्सार कार्यालयमा लामो समयदेखि अड्किएर बसेको रासायनिक मल आबश्यक पहल गरि किसानलाइ उपलब्ध गराउन माग गरेका छन । पौडेल नेतृत्वको ध्यानाकर्षण पछि मन्त्री यादवले मल उपलब्ध गराउन नसक्नुका कारण बारे जानकारी दिएको नेता पौडेलले बताए। ‘पहिलो त अन्तराष्ट्रिय बजारमा मलको मूल्य बढेको छ।
जसले गर्दा टेन्डर आह्वान गर्दा पनि ठेक्का नहालेको स्थिति बन्यो। दोस्रो, कोभिडका कारणले हामीले जति अगाडि तयारी गर्न खोज्दा पनि सम्भव भएन,’ मन्त्री यादवको भनाइ उद्धृत गर्दै उनले भने, ‘तेस्रो कुरा हामीले भारतसँग जुन सम्झौता गर्यौँ त्यो सम्झौता बमोजिम समयमा मल प्राप्त भएन। आदि कारणले मल उपलब्ध गराउन नसकेको हो भनेर उहाँले भन्नुभयो।’ छलफलका क्रममा मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी पनि दिएका छन्। यद्यपि आउन लागेको उक्त मल आवश्यक पर्ने मलको २० प्रतिशतमात्र भएको नेता पौडेलले बताए।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #धान दिवस, #प्रदीप पौडेल, #लदेव तिमल्सिना, #सुशील भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्