सबै विद्यार्थीलाई सहुलियत चुलोको व्यवस्था गर्न नेपाल विद्यार्थी संघको माग
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघ ले सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विधुतिय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरेको छ ।
नेविसंघले मंगलबार बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको कार्यालयमा पुगेर सबै विद्यार्थीलाई बितरण गरियोस भनि ज्ञापनपत्र बुझाएको हो। केन्द्रका प्राविधिक निर्देशक डा. नारायण प्रसाद अधिकारीलाई नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ज्ञापन पत्र बुझाएका हुन् ।
उनका अनुसार जेष्ठ २५ गते वैकल्पिक उर्जा प्रवद्वन केन्द्रले आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुलो निर्णयलाई नेविसंघले स्वागत गरेको छ । तर आवश्यकताको सिद्धान्त अनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतिय चुलो उपलब्ध गराउनुपर्ने शेर्पाले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाल विद्यार्थी संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्