नेकपा माओवादी (क्रान्तिकारी) नेकपामा विलय
नेकपा माओवादी (क्रान्तिकारी) परित्याग गरी अध्यक्षसहित सम्पूर्ण जिल्ला कमिटी नै आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गाभिएको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष गोबद्र्धन गौलीको नेतृत्वको जिल्ला कमिटी र देशभक्त पार्टीका जिल्ला सचिव सुरेशचन्द्र न्यौपानेको नेतृत्वमा २९ जनाको समूह नेकपामा प्रवेश गरेको हो ।
नेकपाले राष्ट्र विकासका लागि थालेको अभियानमा साथ दिँदै अघि बढ्ने उद्देश्यले नेकपामा प्रवेश गरेको क्रान्तिकारीका तत्कालीन अध्यक्ष गौलीले बताउनुभयो ।
पार्टी प्रवेशीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता पृथ्वीसुब्बा गुरुङले टीका र खादा लगाएर पार्टी प्रवेश गराउँदै विभिन्न सानातिना दलमा रहेर समय बर्बाद गर्नुभन्दा समयमै मूल धारमा प्रवेश गरेर राष्ट्रिय समृद्धिको दिशामा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । यही मङ्सिर १५ गतेभित्र जिल्लाका नगर तथा गाउँपालिकाभित्र रहेका नेकपाका संयन्त्र निर्माण गरी प्रदेशमा विवरण समयमा नै पठाउन उहाँले जिल्ला कमिटीलाई निर्देशन दिनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य मायानाथ अधिकारीले नवप्रवेशीलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपा माओवादी (क्रान्तिकारी)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्