सामाजिक विकासमन्त्री पदमुक्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई आज पदमुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६९, उपधारा २ को ‘ख’ बमोजिम उहाँलाई पदमुक्त गरिएको हो । रिक्त सामाजिक विकासमन्त्रीको पदमा संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्य कृष्णराज सुवेदी नियुक्त हुनुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
प्रदेश प्रमुखको कार्यालयमा आज अपराह्न आयोजित समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई पद तथा गोपनीयताका शपथ गराउनुभयो ।
सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावललगायत उपस्थित हुनुहुन्थ्यो ।
यसअघि गएको असोज महीनामा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावललाई नियुक्त गरिएको थियो । करीब दश महीनाअघि मुख्यमन्त्री भट्टको अध्यक्षतामा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा एक राज्यमन्त्रीसहित आठ मन्त्री छन् ।
नवनियुक्त सामाजिक विकासमन्त्रीलाई आज शपथग्रहण गराएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले पदीय मर्यादा र कार्य सम्पादनको विषयलाई लिएर उहाँलाई पदमुक्त गरिएको बताउनुभयो ।
मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘संसदीय व्यवस्थाअनुसार नै हट्ने र रहने कुरा हुन्छ ।” मन्त्रीबाट पदमुक्त गरिनुभएका सोडारी तत्कालीन नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँ कैलाली जिल्ला निर्वाचन क्षेत्र ४ कै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #सामाजिक विकासमन्त्री पदमुक्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्