कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : डा. बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन ।
निर्वाचन निष्पक्ष नभएको तर्फ संकेत गरेका उनले गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताए ।
उनले प्रतिनिधिसभा चुनावमा गठबन्धन होस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे । चुनावमा धाँधली भएको विषयमा प्रश्न गर्दा बाबुरामले भने, ‘नेपालको लोकतन्त्र भर्खर हुर्किँदैछ । बच्चाले अलिकति फोहोर त गरिहाल्छ । त्यसलाई लिएर बच्चा नै खराब भन्न मिल्दैन ।
साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने उनले बताए । गाेरखाकाे पालुङटार नगरपालिकामा एमाले र जसपावीच तालमेल भएपनि जसपाका मेयर पदका उम्मेदवार प्रेमबहादुर गुरूङ ठूलाे मतान्तरले पछि परेका छन् ।
नगर प्रमुख जिताउन कम्मर कसेर लागेका बाबुराम पालुङटारमा जसपा प्रमुख आउने छाँट काँट नदेखेपछि उनको यस्तो भनाई आएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #गाेरखा, #जनता समाजवादी पार्टी (जसपा), #डा . बाबुराम भट्टराई, #पालुङटार नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्