भक्तपुरको सूर्यविनायक– २ मा कांग्रेसको प्यानल विजयी
भक्तपुर । सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदमा प्रदीप कार्की सहित सदस्यमा जनार्दन खड्का, भगत रानाभाट, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिलामा रञ्जिता तिखात्री छन् ।
सूर्यविनायक नगरपालिका वडा नं १ र २ को अन्तिम मत परिणाम आउँदासम्म नगर प्रमुखमा कांग्रेसका उम्मेदवार निशान ढुङ्गेलले अग्रता लिइरहेका छन् भने उपप्रमुखमा नेकपा (एमाले) की सरिता भट्टराईले अग्रता लिएकी छन् । वडा नं ३ को मतगणना जारी रहेको छ ।
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले वडा नं १, २, ३, ४, ५ र ६ मा विजय हासिल गरेको छ । त्यसैगरी चाँगुनारायण नगरपालिकामा एमालेको उम्मेदवारले अग्रता लिएका छन् । चाँगुनारायण–२ मा कांग्रेसका उम्मेदवार सोम प्रधान, सदस्यमा प्रेम खत्री, राधादेवी माकजु, सीता मिजार विजयी भएका छन् । एक सदस्यमा भने एमालेका उमेश प्रधान विजयी भएका छन् ।
चाँगुनारायण–३ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा श्यामसुन्दर धिमाल, सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने, शिवराम सुलु, महिलामा दलितमा रमा थापा, सुष्मा सुनुवार विजयी भएका छन् ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठले अग्रता कायमै राख्नुभएको छ । उप्रमुखमा भने एमालेकी उम्मेदवार उत्तरा नेपालले अग्रता लिइरहेकी छन् ।
मध्यपुरथिमि ३ मा कांग्रेसले विजयी हासिल गरेको छ । यस वडामा कांग्रेसका अध्यक्ष कृष्णहरि आचार्य, सदस्यमा गणेशमान कुटु, महिला सदस्य विनु केसी, दलित महिला निर्मला परियार र अर्का सदस्यमा एमालेको उम्मेदवार रवीन्द्रनाथ न्यौपाने विजयी भएका छन् ।
क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्