नागरिकको स्वार्थलाई केन्द्रित गरेर काम गर्छु भन्ने मेयरको उम्मेदवार कार्की को हुन् ?
झापा । झापाको अर्जुनधारा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारी दिएकी रन्जिता कार्कीले नगरको विकासका लागि आफ्ना योजना सार्वजनिक गरेकी छिन् ।
पार्टीको १ नम्बर प्रदेशकी कार्य समिति सदस्यसमेत रहेकी अधिवक्ता कार्कीले सबैको भावनाको सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । अधिवक्ता भएर काम गरिरहँदा पनि उनले गरेको सेवालाई स्थानीयले अझै र सधैं सम्झिइरहेका छन् ।
उनी काठमाडौं जिल्ला अदालत वार एसोसियशनको सह–सचिव पनि हुन् । उनले कानुनी रुपमा धेरैलाई निःशुल्क परामर्श दिँदै आएकी छिन् ।
राजनीतिलाई समाजसेवा ठान्ने उनी अरुको हित हुने काम गर्न पाइन् भने सन्तुष्ट हुन्छिन् । चुनाव प्रचार प्रसारको क्रममा गाउँघरमै रहेकी उनले आफ्नो पक्षमा राम्रो जनमत भएको बताएकी छिन् । ‘म सबै मतदाताको घरमा पुगेर आफ्ना कुरा राख्दैछु, उहाँहरुले मेरा योजनालाई समर्थन गर्नुभयो’ उनले भनिन् ‘ मैले अनावश्यक गफ गरेको छैन, जे गर्न सक्छु त्यहीमात्र भनेकी छु र बोलेको कुरा पूरा गरेरै छाड्छु ।’ उनी अरु पार्टीको जस्तो भ्रमको खेती गर्न नजानेको बताउँछिन् ।
‘हाम्रो अर्जुनधारा ऐतिहासिक रुपले पनि सवल र सक्षम छ, यसलाई विश्वसामु चिनाउने मेरो योजना हो’ उनले थपिन् ‘मैले एक पटक अवसर खोजेको हुँ, त्यो मेरो लागि होइन नगरवासीको हितमा केन्द्रित गर्ने छु ।
उनले खानेपानी तथा सरसफाई, विद्युत्, शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, सूचना तथा सञ्चार, सुरक्षासम्बन्धी महत्वपूर्ण योजना अघि सारेकी छिन् । त्यतिमात्र हाृेइन उनको प्रतिबद्धतापत्रमा फोहोर व्यवस्थापन, खेलकुदका साथै राजश्व तथा वित्तीय व्यवस्थापनका कुरासँगै जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका विषय पनि समेटिएका छन् ।
आफूसँग राम्रो टिम भएकाले पनि नगरवासीले पत्याएको उनको दाबी छ । ‘केही गर्छु भन्ने सोच छ मसँग त्यसमा नगरवासीले सहयोग गर्नुहुन्छ भन्ने लाग्छ’ उनले भनिन् ‘मैले मत मागिरहँदा उहाँहरुले गरेका गुनासा सबै टिपेको छु, प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने छु ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रन्जिता कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्