Techie IT
बुधबार, चैत्र ५,२०८१

काठमाडौँ महानगरपालिका –४ को वडाअध्यक्ष लड्न लागेका रामप्रसाद न्यौपाने को हुन् ?


 

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ४ को वडाअध्यक्षमा रामप्रसाद न्यौपानेले उम्मेद्धारी दिनुभएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा न्यौपानेले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्धारी दिनुभएको हो । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापतिसमेत रहनुभएका न्यौपाने विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

न्यौपाने विस २०३३ सालदेखि काठमाडौँ महानगरपालिका वडा नं ४ मा बस्दै आउनुभएको छ । उहाँ सोही क्षेत्रका स्थायी बासिन्दा हुनुहुन्छ । निरन्तर २० वर्षदेखि काँग्रेसबाट वडाको विभिन्न पदमा रहेर काम गर्नुभएका न्यौपाने कामपा वडा नं ४ को दुई कार्यकाल सचिव भएर काम गरिसक्नुभएको छ ।

विस २०४७ सालमा शंकरदेव क्याम्पसमा नेविसंघको सदस्य भएर काम गर्नुभएका न्यौपाने पार्टीको १३ औँ महाधिवेशनमा पनि सोही वडाको सभापति निर्वाचित हुनुभएको थियो ।

उहाँ सामुदायिक सेवा केन्द्र टुँडालदेवीको समेत अध्यक्ष हुनुहुन्छ । काठमाडौँ महानगरपालिका वडा नं ४ मा काठमाडौँको मुटु वालुवाटार, चण्डोल, धुम्बाराही, चुनदेवी, टुँडालदेवीलगायतका क्षेत्रहरु पर्दछ ।

उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ । उक्त क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रामप्रसाद न्यौपाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Haze
6:07 am6:15 pm +0545