नेपाली कांग्रेस काठमाडौ वडा नं ४ को सम्पर्क कार्यलय उद्घाटन

काठमाडौ । नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ५ महानगर समिति वडा नम्बर ४ को पार्टी सम्पर्क कार्यालय आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन भएको छ।
वडा सभापति रामप्रसाद न्यौपानेको सभापतित्व र नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथि क्षेत्रीय सभापति श्याम बहादुर खड्कको उपस्थिति रहेको थियो
कार्यालय स्थापना गर्दै प्रमुख अतिथि महतले आगामी स्थानिय तहको निर्वाचनका लागि वडा बाट नै सहमतिमा उम्मेदवारको टुङ्गो लगाउन , निर्वाचनमा सबै एकजुट भइ पार्टीलाई विजय गराउनका लागि सबै कार्यकर्ता क्रियाशिल सदस्य लाग्नुपर्ने बताउनु भयो ।
स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔं काङ्ग्रेस जिताऔं ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा ,नेपाली काङ्ग्रेस काठमाडौ वडा नं ४ कार्य समितिले नेता र कार्यकर्ताको भेटघाटलाई सहज एवं प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउन वडा कार्यसमितिको कार्यलयको शुभारम्भ गरिएको पार्टीका वडा सभापति राम प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
अनेकौ आरोह अवरोह चिर्दै अब काङ्ग्रेस समग्र वडा एक ढिक्का भयर जनताको सेवक बन्नेस बताए ।अब पार्टीका कुनै पनि कुराहरु भए चिया पसल र चोक चोकमा नभई पार्टीको कार्यालयमा आएर नेतृत्वकर्ताहरुलाई भन्न आग्रह गरे ।
उद्घाटन समारोहमा नेपाली काग्रेसका वडा नगर , प्रदेश सभा र क्षेत्रका नेताहरुका साथै वडा नं ४ का कृयाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा जेष्ठ नागरिक अम्बिका श्रेष्ठलाई प्रमुख अतिथि बाट खादा लगाएर सम्मान गरिएको थियोे
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्