Techie IT
बुधबार, चैत्र १२,२०८१

चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज पर्सा जाँदै


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा जाने भएका छन् । अध्यक्ष ओली आफ्नो पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न बिहान ११ बजे पर्सा जाने भएका हुन् ।

उनले चुनावी अभियान तीब्र पार्न त्यहाँका नेता कार्यकर्ताहरूलाई निर्देशन दिने बताइएको छ । निर्वाचनमा गठबन्धनबिना एक्लै पाँच दलीय गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्ने र पहिलो पार्टी हुने ओलीले दाबी गर्दै आएका छन् ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत पार्टीसँग निर्वाचनमा तालमेल गर्नेगरी अनौपचारिक रूपमा छलफल भने बढाएका छन् ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545