एमालेको महाधिवेशनकेन्द्रित विशेष बुलेटिन प्रकाशन

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सो पार्टीको केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक ई–बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ । ‘नवयुग’ सो पार्टीको आधिकारिक मुखपत्र हो । विशेष बुलेटिनमा पार्टीका शीर्षनेताका अन्तर्वार्ता, लेख, विचार, महाधिवेशनकेन्द्रित गतिविधि समेटेर महाधिवेशन अवधिभर हरेक दिन साँझ प्रकाशन हुने विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
एमालेले पार्टीको आधिकारिक फेसबुकबाट दैनिक शीर्षनेताको प्रत्यक्ष भिडियो अन्तर्वार्ता पनि आरम्भ गरेको छ भने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व र कलाकारबाट महाधिवेशनलाई प्राप्त भिडियो सन्देशको प्रसारण गर्दै आएको छ । केन्द्रीय सदस्य थापाले प्रचारकै क्रममा यही मङ्सिर ७ गते युवा सङ्घ नेपाल, अनेरास्ववियु, खेलकुद महासङ्घलगायत सङ्गठनको आह्वानमा काठमाडौँबाट चितवनसम्म र देशैभरि मोटरसाइकल ¥याली गरिने जनाउनुभयो ।
यसैगरी पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता एवं तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको जीवनी र योगदानमा आधारित भिडियो निर्माण गरिने भएको छ । साथै विभागले देशका महत्वपूर्ण स्थानमा प्रचारका डिजिटल डिस्प्ले, बोर्ड राख्ने तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ पत्रकार तथा बुद्धिजीवीसँग अन्तक्र्रिया गर्नेलगगायत योजना तय गरेको छ । सो पार्टीले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईको संयोजत्वमा महाधिवेशन प्रचार समिति गठन गरेको छ । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनामा हुँदैछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्