बैकल्पिक उर्जामा कार्यकारी निर्देशकको लागि दौडधुप तिव्र

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको प्रमुख हुन तिव्र दौडधुप सुरु भएको छ । चार वर्ष अघि केन्द्रको कार्यकारी निर्देशक भएका रामप्रसाद धितालको पदावधी सकिए संगै सो पदमा जानका लागि शक्तिकेन्द्रहरुसंग दौडधुप सुरु भएको हो । उर्जा मन्त्रालयले खुला प्रतिश्पर्धाका आधारमा सो पदमा नियुक्तिका लागि भदौ २ गते आवेदन आव्हान गर्ने तयारी गरेको बुझिएको छ ।
पदावधी सकिनु केही दिन अघि यस अघिका कार्यकारी निर्देशक केन्द्रका निर्देशक नवराज ढकाललाई निमित्तको जिम्मेवारी दिएर हिँडेकाले केही दिन यता ढकालले चलखेल बढाएका हुन् । उनी विगत लामो समय देखि केन्द्रको योजना शाखामा बसेर नाङ्गो ढंगले लुटतन्त्र मच्चाउने व्यक्तिका रुपमा चिनिन्छन् ।
सो शाखामा बस्दा ढकालकै नेतृत्वमा विभिन्न परियोजनाहरु स्विकृत हुनुका साथै विभिन्न ठुला टेन्डरहरुमा ठुलो अंकमा आर्थिक चलखेल हुने गरेको थियो । विगतमा अकुत कमाइ आर्जन गरिसकेका ढकाल यो पटक जति नै खर्च गरेर भएपनि केन्द्रको कार्यकारी निर्देशक बनीछाड्ने अभियानमा हिंडेको उनीनिकट स्रोतले बतायो ।
ढकाल बाहेक कार्यकारी निर्देशकको दौडमा युएनडीपीमा काम गर्ने एक व्यक्ति र अन्य निर्देशकहरु पनि रहेको बताइएको छ । ढकालले विगतमा लामो समयदेखि केन्द्रको साधन स्रोतको दोहन गर्नुका साथै विदेश जाने विभिन्न कार्यक्रमहरुमा पनि अरुको नाम काटेर आफैं जाने गरेका थिए ।
अहिले पनि सबैभन्दा बढी विदेश जाने कर्मचारीको नाममा उनकै नाम पर्छ । सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाइसकेपछि पनि निमित्त कार्यकारी निर्देशक ढकाल केही दिन अघि फिलिपिन्स पुगेका थिए । उनले केन्द्रमा आफ्ना नातागोता पर्ने ३ जना कर्मचारीलाई समेत भर्ति गरेका छन् ।
केन्द्रमा यो अवधीमा भएका डरलाग्दो भ्रष्ट्राचार र अनियमितताको प्रमुख योजनाकार पनि ढकालल नै भएको केन्द्रका कर्मचारीहरुब बताउँछन् । पछिल्लो समय केन्द्रको बेरुजुमात्र पाँच अर्बभन्दा बढी छ । उक्त बेरुजु र अनियमितताबारे ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा छानविन गरी बेरुजु तिर्न निर्देशन दिएपनि अहिलेसम्म नतिरिएको बताइन्छ । त्यसो त डा. गोविन्द पोखरेलको पालादेखिनै केन्द्रमा व्यापक अनियमितता हुँदै आएको थियो ।
लघु जलविद्युत, सौर्यऊर्जा, बायोग्याँस जस्ता क्षेत्रको विकासका लागि विभिन्न दातृनिकायको अनुदान र नेपाल सरकारको आन्तरिक स्रोतबाट प्राप्त बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेको र त्यही सेटिङबाट काम गर्न केही माफियाहरुको योजनामा ढकाल कार्यकारी निर्देशक हुन कस्सिएको स्रोतले बतायो । वैदेशिक सहयोगमा सञ्चालित यस केन्द्रका विभिन्न आयोजनाहरुको काम पारदर्शी नभएपछि दाताहरुले हात झिक्ने तयारी गरेको समेत थाहा भएको छ ।
२०७० यता डेनमार्क र नर्वे सरकारको सहयोगमा उर्जा क्षेत्र सहयोग कार्यक्रम, विश्व बैंक र यूएनडीपीको सहयोगमा ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय उर्जा कार्यक्रम, नेदरल्यान्ड र जर्मनीको सहयोगमा बायोग्याँस सहयोग कार्यक्रम कार्यान्वयन हुँदै आएको छ । त्यसो त ती कार्यक्रमहरुमा सधैंजसो कमिसनको खेल र बोलकबोलमा बढी रकम पेस गर्नेलाई ठेक्का दिने गरेको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ ।
यता पछि हुने कार्यकारी निर्देशक आफैं भएकाले काम मिलाइदिँउला र त्यसको लागि मन्त्री, सचिव तथा केही उच्च तहका नेताहरुलाई कमिशन बुझाउनुपर्र्छ भन्दै निमित्त कार्यकारी निर्देशक ढकालले ठेकेदारहरुसंग पनि रकम मोटो रकम उठाइसकेको थाहा भएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्