खनालको स्वास्थ्यलाई लिएर भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह
झलनाथ खनाल
काठमाडौँ, ः नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा नभएको बताइएको छ ।
उहाँका स्वीयक सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचासिर गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भन्नुभएको छ, “ बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन । ”
पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको उहाँले बताउनु भएको छ ।
स्वकीय सचिव भट्टराईले खनालको स्वास्थ्यको लिएर सञ्चारमाध्यमले भ्रामक अफवाहमा आधारित समाचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति पनि आपत्ति समेत जनाउनु भएको छ ।
“कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सुचना सम्प्रेषण गर्नु भन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ, ” विज्ञप्तिमा भनिएको छ, “ उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लागिरहनु भएको हुँदा बाहिर आएको गलत सुचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तकहरुमा सबैमा हार्दिक आग्रह गर्दछु ।”
गत फागुनमा नेता खनाल नियमति स्वास्थ्य उपचारका लागि भारत जानु भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्