राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा चार समझदारीपत्रमा हस्ताक्षर हुने
काठमाडौं । सोमबारदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको राजकीय भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
भ्रमणको क्रममा कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । सो सम्झौता अनुसार बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनको लागि प्रयोग गर्न दिन सहमत भएको छ । बंगलादेशले नेपाललाई लामो समयदेखि पारवहन सुविधा प्रदान गर्दै आएको छ ।
त्यस्तै नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ । यससम्बन्धी सम्झौताका लागि मन्त्रिपरिषदको वैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ ।
राष्ट्रपतिकै भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ । नेपाल र बंगलादेशबीच पर्यटनको प्रचुर सम्भावना भएपनि अहिलेसम्म खासै उपलब्धी हुन सकेको छैन । अब सम्झौतापछि दुई देशबीच पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गरिने छ ।
नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान कार्यक्रम सम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
यी सम्झौताबाहेक नेपाल र बंगलादेशबीचमा हुने उर्जा सहकार्यको विषय, व्यापार प्रवर्द्धनलगायतका विषयमा छलफल परराष्ट्र मन्त्रालयको भनाइ छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, देश परदेश
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्