ओली-प्रचण्डबीच २ घण्टा छलफल ,यस्तो छ निष्कर्ष
काठमाडौँ, १५ कात्तिक । सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब दुई घन्टा लामो छलफल भएको छ ।
छलफलमा अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका छन् ।
उनीहरुबीच १२ दिनपछि शनिबार बालुवाटारमा भेटघाट भएको हो ।
छलफलमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । त्यसक्रममा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेको बताइएको छ ।
दाहालले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, रअ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड १९ बारे धारणा राखेका थिए ।
यद्यपि प्रधानमन्त्री ओलीले प्रचण्डको धारणामाथि कुनै जवाफ नदिएका बताइएको छ ।
पार्टीविपरीत प्रधानमन्त्री ओलीले निर्णय लिएपछि उनीहरुबीच विवाद बढेको हो ।
पार्टीमा केही समयअघिको लामो विवाद साम्य भएलगत्तै पुनः विवाद सुरु भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली र पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्