Techie IT
बिहीबार, माघ १०,२०८१

अर्थमन्त्री पदको दाबेदारका रुपमा नेकपा महासचिब विष्णु पौडेल


स्रोतका अनुसार सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री बन्ने सम्भावना देखिएको छ।

केपी शर्मा ओलीको अघिल्लो नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्री समेत भैसकेका पौडेल पार्टी एकतापछि महासचिव भैसकेका भएपनि त्यसपछि सरकारका अन्य राजनैतिक पद र जिम्मेवारीमा भने सामेल भएका थिएनन्।यसपटकको मन्त्रीमण्डल पुनर्गठनका क्रममा भने पौडेललाई अर्थमन्त्री बनाएर सरकारमा सहभागी बनाउने तयारीमा बालुवाटारले गृहकार्य गरिरहेको बुझिएको छ ।

तर लामो समयदेखि नेकपाभित्रको आन्तरिक बिबाद र मन्त्रीमन्डल पुर्नगठनको कुरामा रहेको बिबाद भने मिलीसकेको छैन्।स्थायी कमिटीको निर्णय, सचिवालयमा प्राप्त सुझाव र प्रचण्डसँग परामर्शअनुसार मन्त्रिपरिषदमा रिक्त सदस्यसहित का पदमा ६ जना मन्त्री थप गर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको बुझिएको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545