नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि , पूर्व पदाधिकारीलाई प्रशिक्षण

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटाका पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका सदस्य सहभागी प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ ।
भर्चुअल माध्यमद्वारा भएको सो प्रशिक्षणको उद्घाटन गर्दै पार्टीका केन्द्रीय उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधारमा सबै एक रहेको र तिनै विचारले निर्दिष्ट परिवर्तनका उपलव्धिहरुमा समेत एकता हुनसके पार्टीमा कुनै गुट–उपगुट नरहने विचार व्यक्त गर्नुभयो । परिवर्तनको स्वामित्व काँग्रेसले लिएर पार्टीको नेतृत्वमा भएका राजनीतिक परिवर्तनहरुमाथि गौरव गर्दै गर्दा संविधानमा निहीत विषयप्रति असहमति राख्ने दोहोरो कार्यले पार्टीलाई क्षति पु¥याउनेतर्फ सबै सचेत रहनु पर्ने उहाँको धारणा थियो ।
भोजपुरका सभापति नन्दमणि राईको सभापतित्वमा सम्पन्न पहिलो सत्रमा विसं २०१५ सालका सांसद तेजमान तुम्वाहाम्फे, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र सीता गुरुड., पूर्वमन्त्रीहरु दीपक खड्का र सुनिलबहादुर थापाले पार्टीलाई प्रशिक्षणमार्फत थप एकताबद्ध र सशक्त वनाउन सकिने विचार व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका सदस्य एवम् पार्टीका आमन्त्रित केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न दोस्रो सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहाल, प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठान सदस्य एवम् सचिवालय सदस्य राजु नेपालले प्रशिक्षणको उद्देश्य, पार्टीको विधान र वर्तमान सरकारको कार्य समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
सहभागीले पार्टीको आसन्न महाधिवेशन, विधान कार्यान्वयन, पार्टीले सञ्चालन गर्नुपर्ने कामबारे जिज्ञासा राख्नुभएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्