प्रचण्डको गोजीमा मन्त्रीको लागि ४ नेता
मन्त्रिमण्डल केही साताभित्रै हेरफेर हुँदै

नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल केही साताभित्रै हेरफेर हुँदैछ ।
यहीबेला प्राप्त सुचना अनुसार नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको गोजीमा ४ नेताको नाम रहेको बताइएको छ । प्रचण्डले मन्त्रिमण्डलमा पूर्व माओवादीको तर्फबाट मन्त्रि सिफारिस गर्नेछन् ।
मन्त्रिमण्डल हेरफेरको तयारी भएसँगै अहिले सांसदहरुको दौडधुप छ । टेलिफोन र प्रत्यक्ष भेटमार्फत लबिङ गर्नेहरुको बालुवाटार र खुमलटारमा दौडधाप जारी छ ।
प्राप्त सुचना अनुसार प्रचण्डको गोजीमा मन्त्री बन्ने सुचीको पहिलो नम्बरमा देवेन्द्र पौडेल छन् । मन्त्रिमण्डल पुनर्गठनमा पौडेल मन्त्री बन्ने निश्चित छ । प्रचण्डले उनलाई योपटक एक नम्बरमा राखेका छन् ।
प्रचण्डले हित बहादुर तामाङलाई पनि मन्त्री बनाउने सुचीमा राखेका छन् । तामाङ समुदायको तर्फबाट हित बहादुरलाई मन्त्री बनाउने प्रचण्डको तयारी छ । नुवकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर प्रतिनिधिसभामा आएका हित बहादुरलाई मन्त्री बनाउने प्रचण्डले तयारी गरेका छन् ।
त्यसैगरी जनार्दन शर्मा पनि मन्त्री बन्ने लगभग निश्चित भएको छ । प्रधानमन्त्री ओली आफैँले पनि जनार्दनलाई मन्त्रिमण्डलमा ल्याउन इच्छा व्यक्त गरेका छन् । प्रचण्डले पनि शर्मालाई मन्त्री बनाउने लगभग निश्चित छ ।
स्रोतका अनुसार पम्फा भुसाललाई पनि यो पटक मन्त्रिमण्डलमा समावेश गराउने भएको छ । यद्यपी यस विषयमा प्रचण्डले अर्का नेता राम बहादुर थापा बादलसँग संवाद गरिरहेका छन् । पम्फालाई पनि प्रचण्डले मन्त्रि बन्ने प्रारम्भिक सुचीमा राखेका छन् ।
ओलीको छुट्टै तयारी
यसैबीच पूर्व एमालेका पनि केही नेताहरु मन्त्री बन्दैछन् । सुरेन्द्र पाण्डे, भीम रावल लगायत यो पटक मन्त्रीमण्डलमा समावेश हुनेछन् ।
प्रधानमन्त्रीले भने मन्त्रिमण्डल पुनर्गठनसँगै मन्त्रालय फुटाउने तयारी समेत गरेका छन् । ऊर्जा तथा सिँचाई मन्त्रालयलाई टुक्रयाएर सिँचाई मन्त्रालय बनाउने ओलीको तयारी छ ।
अहिले सञ्चार, सहरी विकास मन्त्रालय खाली छ । अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल पनि यही साता सकिँदैछ । source-Ujyaalo Network
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रचण्डको गोजीमा मन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्