वैदेशिक रोजगारमा रहेका दाहालले दिए संखुवासभाका बिपन्न परिवारलाई राहत
संखुवासभा- पाँचखपन नगरपालिका २ का स्थानीय युवा मुकुन्द दाहालले विपन्न परिवारका लागि राहत उपलब्ध गराएका छन् । वैदेशिक रोजगारका क्रममा जापानमा रहेका दाहालले लकडाउनका कारण समस्यामा परेका वडा नं. २ का विपन्न परिवारलाई वितरण गर्न वडा कार्यालयलाई राहत उपलब्ध गराएका छन् ।
उनले १ लाख २० हजार रुपैंया मूल्य बराबरको ८० बोरा चामल उनका बुबा हरिगोपाल दाहाल मार्फत वडा कार्यालयमा उपलब्ध गराएका हुन् । यस अघि उनले ३ परिवारलाई तीन हजारका दरले राहत स्वरुप रकम हस्तान्तरण गरेका थिए । भने काठमान्डौ स्थित घर भाडामा बस्दै आएका ४ परिवारलाई एक महिनाको भाडा छुट गरेका छन् ।
यसअघि उनका बुबा हरि गोपाल दाहालले शिव माध्यमिक विद्यालयलाई सरस्वातीको मुर्ति निशुल्क प्रदान गरेका थिए ।
राहत हस्तान्तरण कार्यक्रममा मेयर बिपिन राई, उउपमेयर भिमादेवी राई, वडाध्यक्ष उत्तम दाहाल, कार्यपालिका सदस्य नन्द कुमारी श्रेष्ठको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्